images
images

उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध दुई वटा उजुरी

  • २७ फाल्गुन २०७९, शनिबार १८:२७

काठमाडौं । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादव विरुद्ध दुई वटा उजुरी परेको छ ।

नेकपा एमाले र जनमत पार्टीले उनीविरुद्ध उजुरी दिएका हुन् । नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्न माग गरेको छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले यादवको उम्मेदवारी खारेजीको माग गर्दै उम्मेदवारी दिएको हो । राष्ट्रपतिका रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने एमालेको जिकिर छ । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । यादवको उम्मेदवारी कानुन विपरीत रहेको एमालेको दावी छ ।

यस्तै जनमत पार्टीले पनि उपराष्ट्रपतिका उम्मेदवार यादव विरुद्ध उजुरी दर्ता गरेको हो । राष्ट्रपतिमा खसआर्य समुदायबाट निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला हुनुपर्ने माग राखेर जनमतले यादव विरुद्ध उजुरी दिएको हो ।