images
images

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माबीच यसरी हुँदैछ प्रतिश्पर्धा

  • २८ फाल्गुन २०८०, सोमबार १३:२६

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा दुई नेताबीच प्रतिश्पर्धा हुने भएको छ ।

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता नारायण दाहाल र कांग्रेशका युवराज शर्माबीच प्रतिश्पर्धा हुने भएको हो । भोली हुने निर्वाचनका लागि नेता दहाल र शर्माले आज उम्मेदवारी दर्ता गराएका छन् । दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग माओवादीका एक उपाध्यक्षसहित १८,नेकपा एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ सांसद छन् ।

दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् । उनी २०७८ सालमा मन्त्रिपरिषदबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाका सांसद भएका थिए । सत्ता गठबन्धनको सहज बहुमत भएकाले दहाल आफ्नो जितप्रति ढुक्क देखिएका छन् । त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् । विपक्षी गठबन्धनमा कांग्रेसका १६ तथा लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक गरी राष्ट्रिय सभामा १८ सदस्य छन्।