images
images

अवैध आप्रवासी नेपालीको बिजोगः कहीँ नेलसहितको हतकडी त कतै गोली प्रहार

  • २७ फाल्गुन २०८१, मंगलवार १३:४२

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीलाई गोली प्रहार गरि पक्राउ गरिएको छ ।

क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध रुपमा डुंगा चढेर अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीलाई गोली हानेर पक्राउ गरिएको हो । उनीहरुलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ) ले पक्राउ गरेको हो । उनीहरुलाई सीबीपीकै नियन्त्रणमा राखिएको छ । पक्राउ पर्ने नेपाली नागरिकको परिचय भने खुलाईएको छैन ।

क्यालिफोर्नियाको समुन्द्री तटबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीसहित नौ जनालाई नियन्त्रणमा लिईएको सीबीपीले वेभसाईटमार्फत जनाएको छ । रातिको समय भएकाले नियन्त्रणमा लिन समस्या भएपछि गोली प्रहार गरि पक्राउ गरिएको सीबीपीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यभार सम्हालेलगत्तै सीमा सुरक्षामा कडाई गर्दै दोब्बर सुरक्षाकर्मी परिचालन गरेपछि अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीको संख्यामा ९७ प्रतिशतले कमी आएको छ । ट्रम्प प्रशासनले सीमा सुरक्षामा खटिने सीबीपीलाई गैरकानुनी रुपमा अमेरिका प्रवेशका लागि सीमा पार गर्न खोज्नेहरुलाई ईन्काउन्टर गर्न, पक्राउ गरि जेलमा राख्न तथा तत्काल कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

अमेरिकाले यसअघि केही दिन अघि मात्रै अवैध रुपमा अमेरिका पुगेका ८ नेपालीलाई चार्टड विमानमार्फत नेल र हतकडी सहित काठमाडौँ फिर्ता गरेको थियो । ट्रम्प प्रशासनले अवैध रुपमा रहेको भन्दै हालसम्म ३८ नेपालीलाई डिपोर्ट गरेको छ ।

एजेन्सीको सहयोगमा