images
images

सिन्धुपाल्चोकको तातोपानी सहित नेपाल–चीन सीमामा कडाई, प्रहरी र सशस्त्रको सक्रियता

काठमाडौँ । सिन्धुपाल्चोकको तातोपानी सहित चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

तीब्बत तर्फबाट शरणार्थी प्रवेश गर्नसक्ने आशंकामा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट (बीओपी) हरुले सुरक्षामा कडाई गरेका हुन् । सिमानामा अवाञ्छित गतिविधि हुन नदिन सुरक्षामा कडाई गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिनुभयो । सिमानामा सशस्त्र र नेपाल प्रहरीले कडाई गरेसँगै तिव्वतबाट शरणार्थीहरु नेपाल प्रवेश गर्न पाएका छैनन् ।

सिमानामा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सिमानाबाट हुने सुन तस्करी नियन्त्रण गर्न विशेष निगरानी गरिएको प्रहरी अधिकृतहरुको भनाई छ । चीनसँग नेपालका १४ जिल्लाको भौगोलिक सिमाना जोडिएको छ । त्यसमध्य सिन्धुपाल्चोकस्थित तातोपानी सहित नेपाल–चिन सिमाना जोडिएका ४ जिल्लामा अध्यागमन कार्यालय रहेको छ ।

अध्यागमन कार्यालयहरुले नेपालबाट चिनतर्फ आवातजावत गर्न ‘ट्राभल पास’ जारी गर्ने गरेका छन् । एक पटक पास लिएर एक वर्षसम्म आवातजावत गर्न सकिने व्यवस्था छ ।