भक्तपुर । डडेलधुरामा भरुवा बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ ।
डडेलधुराको परशुराम नगरपालिका–२ बसौटीमा हिजो साँझ घरभित्र राखिएको अवैध भरुवा बन्दुक समातेर फोटो खिच्ने क्रममा पड्किँदा १६ वर्षीय किशोर सुवास महराको मृत्यु भएको हो ।
बन्दुक पड्किएपछि उनी गम्भीर घाईते भएका थिए । घटना लगतै उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनापछि परशुराम नगरपालिका–२ बसौटीका गणेशबहादुर बोहरा र बैतडी शिवनाथ गाउँपालिका–४ का अर्का १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक समेत बरामद गरेको छ ।










