images
images

सांगठानिक हैसियतका आधारमा चुनावी तालमेल हुने माओवादी केन्द्रका नेता पाख्रिनको भनाई

  • २८ चैत्र २०७८, सोमबार १०:२२

दोलखा । आगामी स्थानीय तह निर्वाचनमा दोलखामा सत्तारुढ गठबन्धनवीच चुनावी तालमेल गर्दा सांगठानिक अवस्थालाई प्रमुख आधार बनाउन नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको छ ।

चुनावी तालमेलका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीवीच छलफल चलिरहेका बेला माओवादी केन्द्रले बर्तमान सांगठानिक अवस्था र सवै दलको सम्मान हुने गरी तालमेल गर्न प्रस्ताव गरेको हो । माओवादी केन्द्रका नेता नरवहादुर पाख्रिनले दोलखास्थित हाम्रो रेडियोको बहशमुखि कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै यस्तो बताउनुभएको हो । जिल्लामा सत्तारुढ दलहरु तालमेल गरेर निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै नेता पाख्रिनले माओवादी केन्द्रले एक नगरपालिका र ५ वटा गाउँपालिकाको प्रमुखमा दावी प्रस्तुत गरेको जानकारी दिनुभयो ।

माओवादी केन्द्रले जिरी नगरपालिका तथा वैतेस्वर, गौरीशंकर, बिगु, कालिन्चोक र शैलुङ गाउँपालिकाको प्रमुखमा दावी गरे पनि तालमेल गरेर जाँदा केही तलमाथि हुन सक्ने उहाँले बताउनुभयो । माओवादीले भीमेस्वर नगरपालिका तथा मेलुङ र तामाकोशी गाउँपालिकामा भने वडा तहमा दावी गरेको छ । नेता पाख्रिनले अघिल्लो निर्वाचनमा चुनावी तालमेल गर्दा प्रमुख लिएको कांग्रेसले अहिले सो पद माओवादीलाई छाड्न तयार हुनु पर्ने तर्क गर्नुभयो । पछिल्लो समय माओवादीको सांगठानिक अवस्था मजवुद भएको र जनताको आकर्षण समेत बढेका कारण माओवादीको दावी स्वभाविक भएको उहाँको भनाई छ ।

आगामी स्थानीयतह निर्वाचनमा दोलखामा सत्तारुढ गठबन्धनवीच चुनावी तालमेल गर्दा सांगठानिक अवस्थालाई प्रमुख आधार बनाउन नेकपा माओवादी केन्द्रले प्रस्ताव गरेको छ । जिल्लामा सत्तारुढ दलहरु तालमेल गरेर निर्वाचनमा होमिनुको विकल्प नभएको भन्दै नेता नरवहादुर पाख्रिनले माओवादी केन्द्रले एक नगरपालिका र ५ वटा गाउँपालिकाको प्रमुखमा दावी प्रस्तुत गरेको जानकारी दिनुभयो । माओवादी केन्द्रले जिरी नगरपालिकातथा वैतेस्वर, गौरीशंकर, बिगु, कालिन्चोक र शैलुङ गाउँपालिकाको प्रमुखमा दावी गरे पनि तालमेल गरेर जाँदा केही तलमाथि हुन सक्ने उहाँले बताउनुभयो ।

केन्द्रीय हिसावले कांग्रेस ठूलो पार्टी भएपनि स्थानीय स्तरमा माओवादी प्रति जनताको निकै आकर्षण भएकाले संगठनको आधारमा गठबन्धनबीच भागबन्डा हुनुपर्ने नेता पाख्रिनले बताउनुभयो । राजनीतिक धर्मका आधारमा कांग्रेस र नेकपा एकिकृत समाजवादीले दावि गरेपनि बाध्यकारी अवस्थामा गठन्धनलाई शिरोधर गर्दै, एकले अर्कालाई सम्मानजनक ढंगबाट उम्मेदवार दिने र लिनेमा माओवादी विस्वस्त रहेको उहाँको भनाई छ । दोलखामा नेकपा एस एमालेको आधा अङ्ग भएकाले कान्छो पार्टीलाई पनि सँगै लैजानुपर्ने जिम्मेवारी रहेको भन्दै उहाँले व्यक्तित्व र संगठनका विषयमा चिन्तन मनन गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । नेकपा एमालेको ज्यादति विरुद्ध दोलखामा गठबन्धन एक हुन आवश्यक रहेको भन्दै माओवादी नेता पाख्रिनले जेठो पार्टी भएको नाताले कांग्रेसले बढी लचकता अपनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

दोलखामा गठबन्धनमा आवद्ध दलहरुबीच निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि केही सहमति भएको नेता पाख्रिनले खुलासा गर्नुभयो । उहाँकाअनुसार स्थानीयतहको प्रमुख र उपप्रमुखमा आ–आफ्नो पार्टीको चुनाव चिन्हवाट चुनाव लडेपनि वडा अध्यक्ष र सदस्यहरुमा एउटै चुनाव चिन्हवाट चुनाव लड्ने बिषयमा समेत गठबन्धन दलहरु वीच छलफल भईरहेको छ । नेकपा एमाले केन्द्रदेखि स्थानीय तहसम्म कमजोर बनिसकेको अवस्थामा दोलखामा गठबन्धनको जित सुनिश्चित रहेको उहाँको जिकिर छ ।