images
images

माओवादी केन्द्रको चुनावी सभाः झ्याकु, जिरी र शैलुङमा शक्ति प्रदर्शन

जिरी (दोलखा) । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दोलखामा नेकपा माओवादी केन्द्रले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

निर्वाचन आउन एक महिना मात्रै बाँकी रहँदा दोलखामा नेकपा माओवादी केन्द्रले धमाधम शक्ति प्रदर्शन गरेको हो । अहिले माओवादी दोलखाले चुनाव केन्द्रित कार्यक्रमलाई तिब्रता दिएको छ । हालै मात्रै माओवादी केन्द्रले गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । शनिबार मात्रै गौरीशंकर गाउँपालिकाको झ्याँकुमा ¥याली (बाजागाजा) सहित वडा नम्बर १, २, ३ र ४ को गरी ४ वटा वडाको वृहत जनसभा भव्यताका साथ गरेको माओवादीले हिजो जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा धुमधामका साथ आफ्नो शक्ति प्रदर्शन गरेको छ । गौरीशंकरमा एमालेले पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको केही समयभित्रै माओवादीले हजारौंको संख्यामा नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन सहित पार्टी प्रवेश गराएको छ ।

माओवादीले जिरी नगरपालिका वडा नम्बर १ र २ को पनि वृहत चुनावी सभा सम्पन्न गरेको छ । केही समयअघि वडा २ को चुनावी सभा गरिएको जिरीमा हिजो वडा नम्बर १ को पुम्पामा पनि ¥याली सहितको भव्य चुनावी सभा सम्पन्न गरिएको हो । वडा १ को चुनावी सभाको अवसरमा ५९ जना एमाले लगायतका अन्य पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश भएका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट दलित महिला सदस्यका उम्मेदवार बनेका लिलामाया विश्वकर्मा र युवा संघका वडाध्यक्ष प्रेम कार्की सहित ५९ जनालाई नेकपा माओवादी केन्द्रका युवा नेता एवम् बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नविन जिरेल, बागमती प्रदेशसभा सांसद आङदेण्डी (डिएन) लामा र माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पा लगायतका नेताहरुले माओवादी केन्द्रमा स्वागत गरेका थिए । यसअघि चैत १२ गते जिरी २ को वृहत चुनावीसभा सम्पन्न भएको थियो । यो सँगै जिरी नगरपालिकाभित्र माओवादी केन्द्रले २ वटा वडाको चुनावी सभा सम्पन्न गरेको छ ।

निर्वाचन आउन एक महिना मात्रै बाँकी रहँदा दोलखामा नेकपा माओवादी केन्द्रले धमाधम शक्ति प्रदर्शन गरेको हो । अहिले माओवादी दोलखाले चुनाव केन्द्रित कार्यक्रमलाई तिब्रता दिएको छ । हालै मात्रै माओवादी केन्द्रले गौरीशंकर गाउँपालिका, जिरी नगरपालिका र शैलुङ गाउँपालिकामा शक्ति प्रदर्शन गरेको छ । अहिले माओवादी केन्द्र बैशाख ३० मा हुने निर्वाचनमा जित आफ्नो पक्षमा पार्न निर्वाचन लक्षित कार्यक्रम (वृहत जनसभा र चुनावी सभा) छलफल, भेटवार्तामा केन्द्रित भएको छ ।

शैलुङ गाउँपालिकामा पनि माओवादीले भव्य कार्यक्रम गरेको छ । हिजो आइतबार पालिकाको वडा नम्बर ७ को प्रथम ऐतिहाँसिक अधिवेशन भव्यताका साथ सम्पन्न भएकोे हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य देवी खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सैयौं नेता कार्यकर्ता र स्थानीयहरुको सहभागीता थियो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लामा माओवादी सक्रियताका साथ चुनाव केन्द्रित कार्यक्रममा होमिएको हो । यसअघि बैतेश्वर गाउँपालिका, गौरीशंकर गाउँपालिका र तामाकोशी गाउँपालिका लगायतमा धमाधम पार्टी प्रवेश गराउँदै आएको माओवादी हाल शक्ति प्रर्दशनमा व्यस्त छ । पछिल्लो पटक सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा अन्य पार्टी परित्यागगरी माओवादी प्रवेश गर्दा जिरी लगायत अन्य स्थानीय तहहरुमा पनि धमाधम माओवादी पार्टी प्रवेश गर्नेको लर्काे अझै जारी छ ।

अहिले माओवादी केन्द्र बैशाख ३० मा हुने निर्वाचनमा जित आफ्नो पक्षमा पार्न निर्वाचन लक्षित कार्यक्रम (वृहत जनसभा र चुनावी सभा) छलफल, भेटवार्तामा केन्द्रित भएको छ । त्यसको अलवा आगामी निर्वाचनमा गठबन्धन गरी कसरी अघि बढ्ने र कुन पदमा कसलाई उम्मेदवार बनाएर जाने भन्ने विषयमा पनि पार्टीभित्र र गठबन्धनमा तीब्र छलफल भइरहेको छ । गठबन्धनबाट उम्मेदवार तय गरी चैत ३० गतेसम्म सिफारिस गरेर पठाउनुपर्नेछ । सोही कारण अहिले पार्टीभित्र उम्मेदवार टुङग्याउन नेताहरु लागिपरेका छन् ।

तल्लो तहबाट उम्मेदवार सिफारिस भएर नआएपछि आइतबार बसेको गठबन्धनको बैठकले उम्मेदवारको नाम पठाउने म्याद चैत ३० गतेसम्म थप गरेको छ ।