images
images

सिन्धुलीमा बोलेरो दुर्घटनाः ८ जना घाईते, दुईको अवस्था गम्भिर

  • २८ चैत्र २०७९, मंगलवार १७:४६

सिन्धुली । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ८ जना घाईते भएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ५ सिर्थौली स्थित मदन भण्डारी लोकमार्गमा चतरा तिर्थधामबाट चितवनतर्फ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ८ जना घाईते भएका हुन् । घाईतेमध्ये चितवनको भरतपुर महानगरपालिका ४ कि दुर्गा कँडेल र पर्वतको जलजला गाउँपालिका ८ का ८५ बर्षिय टिकाराम शर्माको अवस्था गम्भिर रहेको छ । अन्य घाईते हुनेहरुमा चितवनको भरतपुर महानगरपालिका ४ का ४९ बर्षिय चक्र पहाडी सापकोटा, सोही स्थानमा ६३ बर्षिय राम प्रसाद कँडेल, ५० बर्षिय भोजराज कँडेल रहेका छन् । यस्तै, चितवन भरतपुर महानगरपालिका ४ का ५५ बर्षिय यज्ञ पाण्डे, ५० बर्षिय गोमा पौडेल र नवलपुर गैँडाकोट नगरपालिका ११ का ६० वर्षिय गौरीश्वर पौडेल पनि दुर्घटनामा घाईते भएको सिन्धुली प्रहरीले जनाएको छ ।

घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर अस्पताल पठाईएको सिन्धुलीका प्रहरी नायब उपरिक्षक चिरञ्जीवि दहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भैरहेको छ ।