images
images

दुर्गा प्रसाईँको आत्मसमर्पण कि ‘जीवन रक्षाकालागि शरण ?’

काठमाण्डौ राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं पक्राउ गर्न नेपाल प्रहरीको तीनवटा विशेष टोली भारत पुगेको थियो

चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शनलाई भड्काएर हिसांत्मक रूप दिएका प्रसाईँ भारत पुगेको खवरपछि नेपाल प्रहरीको  तीन वटा विशेष टोली भारत पुगेर खोजतलाश सुरू गरेको थियो 

तीनकुनेमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई किच्ने गरी बुलेट प्रुफ गाडी चलाएर हिंसा भड्काएका प्रसाईं एकाएक फरार भएका थिए

विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका राजावादी आन्दोलनका कमाण्डर प्रसाईँ प्रहरीको फरार सूचिमा रहेका थिए उनलाई पक्राउ गर्न  भारतको उत्तर प्रदेशको प्रयागराज, दिल्ली आसाममा नेपाल प्रहरीको विशेष टोली पुगेको थियो

लुकिछिपि  बसेको क्षेत्रमा नेपाल प्रहरी पुगेको सूचनापछि दुर्गा प्रसाईँले आफुलाई असुरक्षित महशुस गरेका थिए  सोही कारण नेपाल प्रहरीको टोलीको नियन्त्रणमा आउनु अघि नै उनले आसाम प्रहरी समक्ष आत्मासमर्पण गरेको खुलेको

नेपालका मिडियाले पक्राउ परेको समाचार सार्वजनिक गरेसँगै प्रसाईँको सचिवालयलेहाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईं ज्यूले आफ्नो सुरक्षाको लागि आफैं भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मासमर्पण गर्नुभएको भनेर भनेको थियो ।

अधिकारीहरूका अनुसार १५ चैतको प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएका प्रसाईँलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले भने भारतको आसाम प्रहरी समक्ष सुरक्षा माग गर्दै प्रसाई पुगेको सुरक्षित रुपमा नेपालको सीमासम्म ल्याइपुर्‍याएको बताएको छ।

समितिका प्रवक्ता स्वागत नेपालले विहिवार राति जारी गरेको विज्ञप्तिमा प्रसाईँले आत्मसमर्पण गरेको नभई नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गरेको उल्लेख छ। संघर्ष समितिले नेपाल प्रवेशसँगै प्रसाईँको ज्यान खतरामा रहेको बेपत्ता समेत पारिन सक्ने स्थिति भएको भन्दै चिन्ता व्यक्त गरेको

प्रसाईंलाई भारतमा पक्राउ गरिएको विषयलाई भने प्रहरीले खण्डन गरेको  उनी नेपालभित्रै छिट्टै पक्राउ पर्नसक्नेप्रहरी अधिकारीको दाबी   प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले विहिवार राति नै विज्ञप्ति जारीगरी विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाईं नेपाल प्रहरीको खोजीको सूचीमा रहेको र हालसम्म पक्राउ नपरेको बताएका छन्

सुपुर्दगी सन्धि नभएकाले नेपाल भारतमा पक्राउ परेका आरोपितहरुलाई अनौपचारिक रूपमा लेनदेन गर्ने अभ्यास   अर्को देशमा पक्राउ परेमा त्यहाँको प्रहरीले सीमाक्षेत्रमा ल्याएर छोड्ने लगत्तै सम्बन्धित देशको प्रहरीले जिम्मा लिएर गन्तव्यमा पुर्‍याउने यसअघिको अभ्यास  

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तिनकुनेमा हिंसा भड्काएको आरोप उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेका थिए त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको थियो

घटनालगत्तै फरार भएका उनी भारत पुगेका थिए यो वीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्टगर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।