
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले औपचारिक रूपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
प्रसाईलाई झापाको भद्रपुर क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोप खेपिरहेका प्रसाईंलाई भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ गरेको प्रहरी प्रधान कार्यालय जनाएको छ । यस्तै प्रसाईसँगै उनका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।
प्रसाईसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो । खड्कालाई पनि प्रसाईसँगै काठमाडौं ल्याएर अनुसन्धान अगाडी बढाईने प्रहरीले जनाएको छ । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो ।
प्रसाईं भारतको आसाम राज्यमा हिजो फेला परेका थिए । आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको प्रसाईंको सचिवालयले दाबी गरेको छ । चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रसाई मुख्य कमाण्डर हुन् ।