images
images

दुई देशबीच व्यापार द्धन्द्ध बढ्दै, अमेरिकी करविरुद्ध चीनको अर्काे उजुरी

  • २९ चैत्र २०८१, शुक्रबार १८:५७

अमेरिका र चीनबीच ट्यारिफ (भन्सार महशुल) को विषयलाई लिएर तनाव बढ्दै गएको छ ।

अमेरिकाले चिनियाँ सामानको आयात शुल्क लगातार बढाएसँगै चीनले पनि अमेरिकी सामानमा भन्सार कर बढाईरहेको छ । चीनले अमेरिकाबाट आयत हुने वस्तुमा पुनः कर बढाएको हो । यसअघि अमेरिकी सामानमा ८४ प्रतिशत भन्सार शुल्क घोषणा गरेको चिनले बढाएर १२५ प्रतिशत पु¥याएको छ ।चीनले लगाएको भन्सार दर भोलीबाट लागु हुनेछ । अमेरिकाले भने चिनीयाँ सामान आयातमा शुल्क बढाउँदै १४५ प्रतिशत पु¥याईसकेको छ ।

यसैबीच, चीनले अमेरिकी करविरुद्ध विश्व व्यापार संगठनमा अर्काे उजुरी दिएको छ । चीनको मिसनले अमेरिकाले लगाएको शुल्कबारे विश्व व्यापार संगठनमा थप उजुरी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । मिसनले यसअघि फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनीयाँ सामानमा १० प्रतिशत भन्सार बढाउँदा पनि उजुरी दिएको थियो ।