
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाईते भएका छन् ।
कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ मा गएराती एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी एमालेका कार्यकर्ता राजेन्द्र कार्की र कांग्रेसका कार्यकर्ता क्षत्र कार्की घाईते भएका छन् । घाईतेमध्ये क्षत्रको अवस्था मध्यम रहेको छ । उनलाई उपचारका लागि सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा ल्याइएको छ भने राजेन्द्रको सिंगटी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिनुभयो । क्षत्र कार्कीमाथि एमालेका कार्यकर्ताले धारिलो हतियार प्रचार गरेको बताइएको छ । दुई पक्षबीच स्थानीय तह निर्वाचनको विषयलाई लिएर झडप भएको प्रहरीले जनाएको छ । झडपपछि प्रहरीले केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।