images
images

स्थानीय तह निर्वाचनः दोलखामा नमुना मतदान सम्पन्न

  • २८ बैशाख २०७९, बुधबार १५:२६

दोलखा । दोलखामा नमुना मतदान सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ६ स्थित चोथाङमा रहेको वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा आज नमुना मतदान गरिएको हो । निर्वाचन आयोगको सल्लाह बमोजिम नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ । स्थानीय तह निर्वाचन आउन दुई दिन मात्रै बाँकी रहँदा मत बदर नहोस भन्ने उदेश्यले आज जिल्लामा पनि नमुना मतदान गरिएको हो । मतदाता शिक्षा कार्यक्रम अन्र्तगत नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाकी प्रमुख सकुन्तला राईले जानकारी दिनुभयो । उहाँका अनुसार मतदान गर्ने तरिका सिकाउन र अभ्यासका लागि नमुना मतदान गरिएको हो । दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतपेटिकामा मत खसालेर मतदानको सुरुवात गर्नुभएको थियो ।

दोलखाका सात वटा गाउँपालिका र दुई नगरपालिकामा वैशाख ३० गते निर्वाचन हुादैछ । जिल्लामा ९४ वटा मतदानस्थल र १ सय ९३ वटा मतदानकेन्द्र तोकिएको छ । निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत लगायतका कर्मचारी खटाइएको स्थानमा पुगीसकेका छन् । उनीहरुले मतदान केन्द्र निर्माण, सर्वदलिय बैठक राख्ने, नयाँ मतदाता परिचय वितरण गर्ने तथा मतदाता शिक्षा दिने लगायतका काम सरु गरिसकेका छन् ।