images
images

गौरीशंकर गाउँपालिकाकी एक बालिका करेन्ट लागेर गम्भिर घाईते, हेलिकप्टर मार्फत काठमाडौं पठाइयो

  • २८ बैशाख २०७९, बुधबार १६:५५

दोलखा । बाख्रा चराउन गएका बेला करेन्ट लागेर दोलखाको गौरीशंकर गाउँपालिकाकी एक बालिका गम्भिर घाईते भएकी छिन् ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ का जनक श्रेष्ठकी १४ वर्षिया छोरी सोनी श्रेष्ठ करेन्ट लागेर गम्भिर घाईते भएकी हुन् । घर नजिकै रहेको टुम्ना जंगलमा बाख्रा चराउन गएकी उनलाई विद्युतको पोलबाट खसेको नाङगो तारबाट करेन्ट लागेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरिक्षक सानु तमाङले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भिर घाईते भएकी बालिकालाई विगु अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ ।

आज विहान खाना खाएर जंगलमा बाख्रा चराउन गएकी उनी करेन्ट लागेर बेहोस अवस्थामा फेला परेकी थिइन् । उनलाई विद्युतको पोलबाट खसेको तारबाट करेन्ट लागेको भनिए पनि घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फाइल तस्विरः