images
images

दोलखा प्रहरी धमाधम शंकास्पद व्यक्ति पक्राउ गर्ने एक्सनमा, तीन दिनमा ३४ जना पक्राउ

  • २८ बैशाख २०७९, बुधबार १८:३२

जिरी (दोलखा) । स्थानीय तह निर्वाचनको मतदान मिति नजिकिँदै गर्दा दोलखा प्रहरी हाल धमाधम शंकास्पद व्यक्ति पक्राउको एक्सनमा लागेको छ ।

मतदानको मिति नजिकिएपछि शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने उद्देश्यले दोलखा प्रहरी शंकास्पद व्यक्ति पक्राउको एक्सनमा जुटेको हो । स्थानीय तहको मतदानका लागि अब ३ दिन मात्रै बाँकी रहेको छ । यो बेला प्रहरीले शंका लागेका र जिल्ला बाहिरबाट आएर बसेका शंकास्पद व्यक्तिहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते अर्थात शुक्रवार देशभर एकै चरणमा हुदैछ । बैशाख २५ गतेदेखि पछिल्लो तिन दिनको अवधिमा जिल्ला भित्र र जिल्ला बाहिरका गरी ३४ जना पक्राउ परेका छन् । निर्वाचनको मिति नजिकिएसँगै दोलखामा जिल्लाभित्रै र जिल्ला बाहिरका मानिसहरु धमाधम पक्राउ पर्न थालेका हुन् । यहि बैशाख २५ गते राती तामाकोशी गाउँपालिका २ झुले प्रवेश गरेका शंकास्पद १० जना मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि जिल्लाबाहिरको रहेको र जिल्लाबासी मतदाता नभएको खुलेपछि सिमा नाकाबाट फिर्ता पठाइएको थियो ।

मतदानको मिति नजिकिएपछि शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउने उद्देश्यले दोलखा प्रहरी शंकास्पद व्यक्ति पक्राउको एक्सनमा जुटेको छ। स्थानीय तहको मतदानका लागि अब ३ दिन मात्रै बाँकी रहेको छ । यो बेला प्रहरीले शंका लागेका र जिल्ला बाहिरबाट आएर बसेका शंकास्पद व्यक्तिहरुलाई धमाधम पक्राउ गरिरहेको छ । शंकास्पद मानिसहरु फेला पर्ने क्रम बढेसँगै दोलखा प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

हिजो साँझ दोलखा प्रहरीले मैनापोखरी बजारबाट बाहिरी जिल्लाका चार जना युवकहरुलाई पक्राउ गरेको छ । बाहिरी जिल्लाबाट मैनापोखरीमा आएर बसेका उनीहरुलाई प्रहरीले हिजो साँझ नियन्त्रणमा लिएको हो । यसैगरी, गएराती जिरी नगरपालिकामा भित्रिएका २० जना युवकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राती ११ बजे इलाका प्रहरी कार्यालय जिरीले जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा लिंकनबजारबाट २० जना युवाहरुलाई पक्राउ गरेको हो । जिरी नगरपालिकाबाट पक्राउ परेकामध्ये १३ जना युवाहरु बाहिर जिल्लाको रहेको खुलेको छ । दोलखा एमालेको चुनावी प्रचार सामाग्री सहित पक्राउ परेका २० जनामध्ये ७ जना मात्रै जिल्ला भित्रका र अन्य १३ जना जिल्ला बाहिरको रहेको खुलेको हो ।

यस्तै, निर्वाचनलाई प्रभाव पर्ने विभिन्न अपराधिक गतिविधि पनि हुन थालेको छ । बैशाख २५ गते राती नै तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेमा विष्फोटक पदार्थ विष्फोट भएको थियो भने गएराती कालिञ्चोक गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । शंकास्पद मानिसहरु फेला पर्ने क्रम बढेसँगै दोलखा प्रहरीले सुरक्षा व्यवस्थामा कडाई गरेको छ । बैशाख २६ गते दोलखा प्रवेश गर्न लागेका जिल्ला बाहिरका ३८ जनालाई खरिढुङ्गा नाकाबाटै प्रहरीले फिर्ता पठाएको थियो ।