images
images

निर्माण व्यवसायी संघको अध्यक्षमा राजेश थापा निर्वाचित

  • २९ बैशाख २०८१, शनिबार १८:१०

दोलखा । दोलखा जिल्ला निर्माण व्यवसायी संघको अध्यक्षमा राजेश थापा निर्वाचित भएका छन् ।

निकट्तम प्रतिद्धन्द्धी कृष्ण पाख्रिनलाई तीन मतान्तरले पराजित गर्दै थापा निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा थापाले ९० मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी पाख्रिनले ८७ मत ल्याएका छन् । सँघको वरिष्ठ उपाध्यक्षमा छविलाल तामाङ निर्वाचित भएका छन् । निर्वाचित तामाङले १ सय २ मत ल्याउँदा उनका निकट्तम प्रतिद्धन्द्धी हरिबहादुर श्रेष्ठले ७३ मत पाएका छन् । प्रथम उपाध्यक्षमा ९४ मतसहित ईन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी कृष्णबहादुर दाहालले ८२ मत ल्याएका छन् ।

यसैगरी, तृतीय उपाध्यक्षमा ६५ मतसहित रमेश तामाङ निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी गणेशविक्रम शाहीले ६२ र नवराज श्रेष्ठले ४६ मत प्राप्त गरेका छन् । सँघको सचिवमा रोशन श्रेष्ठ ९२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकट्तम प्रतिद्धन्द्धी अनिल श्रेष्ठले ८१ मत ल्याएका छन् । यस्तै, कोषाध्यक्षमा गणेशबहादुर थापा निर्वाचित भएका छन् । थापाले १ सय १ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिद्धन्द्धी किशोरकुमार लामाले ७४ मत पाएका छन् ।

निर्माण व्यवसायी संघको महासचिव, द्धितीय उपाध्यक्ष र सहकोषाध्यक्ष भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । महासचिवमा लालबहादुर तमाङ द्धितीय उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा विष्णुप्रसाद उप्रेती निर्विरोध निर्वाचित भएका हुन् । संघको नयाँ नेतृत्व चयनका लागि आज भएको निर्वाचनमा १ सय ७९ मत खसेको थियो । कुल १ सय ९२ जना मतदाता रहेकोमा १ सय ७९ मत खसेको निर्वाचन समितिका संयोजक सम्भु गौतमले जानकारी दिनुभयो ।