
काठमाडौँ । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
बस्नेतलाई गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुकेधाराबाट पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिनुभयो । प्रहरीले बस्नेतविरुद्ध यसअघि नै पक्राउ अनुमति लिईसकेको थियो ।
चैत १५ को राजावादी प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजि सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो । सो घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकामध्य हाल ५३ जना प्रहरी हिरासतमा रहेका छन् ।