images
images

यसपल्टको जेठ १५ गते होइन, अब आउने कुनै जेठ १५ गते पर्खिनुहोस्,’

  • २८ बैशाख २०८२, आईतवार १३:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै जेठ १५ मा राजावादीहरुको सपना पुरा नहुने बताउनुभएको छ ।

आज प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजवादीहरुतर्फ लक्षित गर्दै आगामी जेठ १५ मात्र नभई कुनै जेठ १५ मा राजतन्त्र नफर्किने ठोकुवा गर्नुभएको हो । उहाँले राजावादीहरुलाई यस्ता सपना कुनै पनि हालतमा साकार नहुने भन्दै प्रतिगामी सपना काम नलाग्ने तर्क गर्नुभयो ।

राजतन्त्र फर्काउने भन्दै राजावादीहरुको विभिन्न दल र समुहले संयुक्त जनआन्दोलन समितिमार्फत जेठ १५देखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् ।