
हेटौँडा । बागमती प्रदेश सरकारले दोलखाको जिरी सहित ५ अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ ।
प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रममै समेटेर ५ अस्पताललाई स्तरोन्नती सहित विकास गर्ने प्रक्रिया अघि बढाएको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा ४ करोड विनियोजन गरेको थियो । सोही अनुसार प्रदेशको स्वास्थ्य मन्त्रालयले कार्यदल बनाएर अध्ययन समेत गरेको थियो ।
कार्यदलले दोलखाको जिरी, रामेछापको मन्थली, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको दुधौली र चितवनको माडी अस्पताललाई स्तरोन्नती सहित विकास गर्नेगरि अध्ययन गरेको हो । कार्यदलले अध्ययन गरि सुझावसहितको प्रतिवेदन बुझाईसकेको छ । कार्यदलले प्रदेशका ५ अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सक्ने निष्कर्शसहित प्रदेश सरकारलाई सिफारिस गरेको छ ।
प्रदेश सरकारले ५ अस्पताललाई स्तरोन्नती सहित विकास गर्ने कार्यक्रमका लागि चालु आर्थिक वर्षको बजेटमा ४ करोड विनियोजन गरेको थियो । सोही अनुसार प्रदेशको स्वास्थ्य मन्त्रालयले बनाएको कार्यदलले अध्ययन गरि ५ अस्पताललाई प्रादेशिक अस्पताल बनाउन सक्ने निष्कर्शसहित प्रदेश सरकारलाई सिफारिस गरेको छ । ती अस्पताल सञ्चालनका लागि वार्षिक २० करोड रुपैयाँ खर्च हुने कार्यदलको निष्कर्ष छ ।
५ वटै अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर २५ सैइयाको अस्पताल सञ्चालन गर्दा सरकारलाई ९३ करोड आर्थिक भार पर्ने प्रतिवेदनमा उल्लेख छ । ती अस्पताल सञ्चालनका लागि वार्षिक २० करोड रुपैयाँ खर्च हुने कार्यदलको निष्कर्ष छ ।
दोलखाको जिरी अस्पतालमा २५ शैयाको अस्पतालका लागि भौतिक पूर्वाधार तथा औजार उपकरण पर्याप्तरहेकाले जनशक्ति र सञ्चालन खर्च व्यवस्थापन गरि सञ्चालन गर्न सकिने कार्यदलले जनाएको छ ।