images
images

बागमती प्रदेशको अधिवेशन आह्वान

हेटौँडा । बागमती प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।

बागमती प्रदेशसभाका प्रमुख दीपकप्रसाद देवकोटाले आज प्रदेशसभाको १६ औँ अधिवेशन आह्वान गर्नुभएको हो । मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार आगामी जेठ ५ गते बिहान ११ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलद्धारा जारी सूचनामा प्रदेश प्रमुख देवकोटाले नेपालको संवधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभा बैठक आह्वान गरेको उल्लेख छ ।