images
images

९ महिनामा अध्ययन र भ्रमणका लागि बाहिरियो २ खर्ब ७४ अर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा वैदेशिक अध्ययन र भ्रमणका लागि मात्रै २ खर्ब ७४ अर्ब भन्दा बढी रकम बाहिरिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय तथा आर्थिक स्थिति प्रतिवेदन अनुसार अध्ययन र भ्रमणमा २ खर्ब ७४ अर्ब २४ करोड बाहिरिएको हो । त्यसमध्य नेपाली विद्यार्थीमार्फत १ खर्ब ३ अर्ब भन्दा बढी रकम बाहिरिएको छ । साउनदेखि चैत सम्मको अवधिमा नेपाली विद्यार्थीहरुले १ खर्ब ३ अर्ब ८५ करोड विदेश लगेका हुन् । गत वर्ष सोही अवधिमा नेपाली विद्यार्थी मार्फत ९५ अर्ब ८५ करोड बाहिरिएको थियो ।

चैतसम्म सेवा खाता अन्र्तगत भ्रमण व्यय १ खर्ब ७० अर्ब ३९ करोड पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशत बढी हो । नेपालबाट विदेश भ्रमणमा जानेले ९ महिनाको अवधिमा ६६ अर्ब ५५ करोड विदेशी मुद्रा खर्च गरेका छन् ।

यस्तै, नेपाल घुम्न आउने विदेशी नागरिकबाट नेपालले ६६ अर्ब ५४ करोड आम्दानी गरेको राष्ट्र वैंकले जनाएको छ ।