images
images

गोकुलगंगामा चालु वर्षको हालसम्मको अवधिमा ८० प्रतिशत विकास निर्माणको काम सम्पन्न

जिरी (दोलखा) । रामेछापको गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्षको हालसम्मको अवधिमा ८० प्रतिशत विकास निर्माणको योजना सम्पन्न भएको छ ।

गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भएका ३ सय ३२ वटा विकास निर्माणका योजनामध्य २ सय ४५ वटा अर्थात ८० प्रतिशत योजनाको काम सम्पन्न भएको हो । चालु आर्थिक वर्ष ठुला सानागरी हालसम्मको अवधिमा २ सय ४५ वटा विकास निर्माणको योजनाको काम सम्पन्न भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदीले जानकारी दिनुभयो । तीमध्य ५६ वटा योजनाको भुक्तानी हुन बाकी रहेको पालिकाले जनाएको छ । सम्पन्न भएका योजनाहरुमा सडक स्तोरोन्नती, गुम्बा, आरसिसि पुल निर्माण, खेल मैदान, पिकनिक पार्क र मठमन्दिर निर्माण लगायत रहेका छन् ।

गाउँपालिकाका अनुसार यो वर्ष मुख्य योजनाको रुपमा गत वर्षदेखि निर्माण हुँदै आएको गाउँपालिकाको २ करोड १९ लाख बजेटमा पक्की प्रशासनिक भवन निर्माण भएको छ भने १ करोड १३ लाखको लागतमा कर्मचारी आवास भवन निर्माण भएको छ । यसैगरी, ३७ लाखको लागतमा रष्टिक हाउस भवन निर्माण र २९ लाखको लागतमा महिला भवन निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । यि भवनहरु गत वर्षदेखि नै निर्माण कार्य सुरु गरिएपनि यो वर्ष सम्पन्न भएका हुन् । यसैगरी, ५० लाखको लागतमा पहिरे सिञ्चाई पोखरी निर्माण, २५ लाखको लागतमा बाँसबोटे खोलाघारी नयाँ घर सिञ्चाई निर्माण लगायतका अन्य योजनाहरुको काम सम्पन्न भएको गाउँपालिकाको योजना शाखाले जनाएको छ ।

गोकुलगंगा गाउँपालिकामा चालु आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भएका ३ सय ३२ वटा विकास निर्माणका योजनामध्य २ सय ४५ वटा अर्थात ८० प्रतिशत योजनाको काम सम्पन्न भएको छ । यो वर्ष पालिकाभित्र सञ्चालन भएका अधिकांश मुख्य योजनाको काम सम्पन्न भएको र बाँकी योजनाको काम पनि धमाधम भइरहेकाले असार मसान्तसम्म सबै योजनाको काम सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले जानकारी दिनुभयो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रलाई प्राथमिकता दिएको थियो ।पालिकाले पूर्वाधार विकासको साथै कृषि क्षेत्रको चौतर्फी विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने नीति लिएको छ । 

एक घर एक धारा खानेपानी, कृषि, स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, वृद्धवृद्धा, दलित, अपांगता लगायतका अन्य विभिन्न शिर्षकमा सञ्चालन भएका साना योजनाहरुको पनि काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रलाई प्राथमिकता दिएको थियो ।पालिकाले पूर्वाधार विकासको साथै कृषि क्षेत्रको चौतर्फी विकास गरेर गाउँपालिकालाई समृद्ध बनाउने नीति लिएको छ । गोकुलगंगा गाउँपालिकामा अझै ३१ वटा विकास निर्माणको योजना सम्झौता हुन बाँकी छन् । अब चालु आर्थिक वर्ष सकिन असार एक महिना मात्रै बाँकी छ । उपभोक्ता समिति गठन गर्न र स्थानीय तह निर्वाचनका कारण योजना सम्झौतामा ढिलाई भएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

यो वर्ष पालिकाभित्र सञ्चालन भएका अधिकांश मुख्य योजनाको काम सम्पन्न भएको र बाँकी योजनाको काम पनि धमाधम भइरहेकाले असार मसान्तसम्म सबै योजनाको काम सम्पन्न हुने गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्काले जानकारी दिनुभयो । गोकुलगंगा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।