images
images

दोलखामा जिसस निर्वाचनः गठबन्धनबाट प्रमुखमा घतानी र उपप्रमुखमा शेर्पा उम्मेदवार बन्ने

  • २८ जेष्ठ २०७९, शनिबार १२:५२

दोलखा । सत्ता गठबन्धन दलहरुले जिल्ला समन्वय समिति (जिसस) दोलखाको उम्मेदवार टुंगो लगाएको छ ।

गठबन्धनमा आवद्ध दलहरुको आज बसेको बैठकले उम्मेदवार टुंगो लगाएको हो । जिससको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी (कृष्ण) ले उम्मेदवारी दिनेछन् भने उपप्रमुखमा नेकपा एकिकृत समाजवादीको तर्फबाट दोर्जी शेर्पाले उम्मेदवारी दर्ता गराउने भएका छन् । पुर्व समझदारी अनुसार जिससको प्रमुखमा माओवादी केन्द्र,उपप्रमुखमा नेकपा एकिकृत समाजवादी र सदस्य पदमा नेपाली कांग्रेसले मनोनयन दर्ता गराउने सहमति भएको हो । जिससको सदस्यमा नेपाली कांग्रेसका तर्फबाट कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तमाङ, निलम ठकुरी, मेनुका चौंलागाई, सन्तेन्जु शेर्पा र टसि शेर्पाले उम्मेदवारी दर्ता गराउने भएका छन् ।

यस्तै नेकपा एमालेको तर्फबाट जिसस प्रमुखमा ऋषिकेश उप्रेति र उपप्रमुखमा गोमा केसीले उम्मेदवारी दिने भएकी छिन् । आगामी असार १ गते हुने जिसस दोलखाको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता गर्नु केहीबेर अघि मात्रै उम्मेदवारको नाम टुंगिएको हो । उम्मेदवारी दर्ताका लागि आज विहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । जिससको निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख गरी १८ जना मतदाताले मतदान गर्नेछन् । जिल्लामा नेकपा एमालेको ७, नेपाली कांग्रेसको ६, नेकपा माओवादी केन्द्रको ४ र नेकपा एसका एक जना मतदाताले मतदान गर्ने भएका हुन् ।