
सुदूरपश्चिम । कालीकोटमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।
शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित गविरामा गएराति जिप दुर्घटना हुँदा जिप चालक शुभकालिका–२ भर्ताका ३० वर्षीय हर्क बहादुर विश्वकर्मा, सोही स्थानका ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको हो । कालीकोटको बेउली पान्तडी सडकखण्डको चौकी बजारबाट हाउडी जाँदै गरेको लु १ च ८४९८ नम्बरको जिप गएराति दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार जिप सडकबाट १ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।