images
images

नदीमा नुहाउने क्रममा डुबेर एक युवतीको मृत्यु

  • २९ जेष्ठ २०८१, मंगलवार ०८:०८

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा नुहाउने क्रममा सुनकोशी नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ ।

गोलञ्जोर गाउँपालिका–६ मेवाबोटेका मुका बहादुर हायुकी ३० वर्षीया श्रीमती चन्द्रकला हायुको नदीमा डुबेर मृत्यु भएको हो । उनीहरु सिन्धुलीको हैबार बेसी कटहरेस्थित गोपाल श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका थिए । मुकाकी श्रीमती चन्द्रकलासहित आफन्तसमेत डेरा नजिक सुनकोशी नदीमा नुहाउन भनि गएका थिए । तर चन्द्रकला ढुङगामा चिप्लिएर लडेर नदीमा डुबेर बेपत्ता भएकी थिइन् । उनी बेपत्ता भएको खबर पाउनसाथ प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा मृत्त अवस्थामा फेला परेको सिन्धुली प्रहरीले जनाएको छ ।