images
images

दोलखाको कुथली–बुखरी साना जलबिधुत आयोजनाको शेयर मुल्यमा १० प्रतिशतले बृद्धि

  • २९ जेष्ठ २०८१, मंगलवार १६:१०

दोलखा । दोलखाको कुथली बुखरी साना जलबिद्युत आयोजना सहित २०३ कम्पनीको सेयरमूल्य बढेको छ ।
सेयरबजार परिसूचक नेप्से ३३.१५ प्रतिशतले बढ्दा दोलखाको भीमेश्वर नगरपालिका स्थित कुथली बुखरी साना जलबिद्युत आयोजना सहित २०३ कम्पनीको सेयरमूल्य बढेको छ । तीन वटा जलबिद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसअनुुसार बरुण हाईड्रो, ग्रिन भेन्चर्स, कुथली बुखरी साना जलबिद्युत कम्पनी र भगवती हाईड्रोको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको हो ।

दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीमा कुथली बुखरी स्मल हाईड्रोपावर कम्पनीको आयोजनास्थल तथा जलबिद्युत उत्पादन केन्द्र र अन्य भौतिक पूर्बाधारहरु रहेका छन् । कम्पनीले सोही स्थानमा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलबिद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाको कुल लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ ।