images
images

शेयर बजारमा आज ५ अर्ब भन्दा बढीको कारोबार, अपर तामाकोशीको शेयर १६२ रुपैंयामा किनबेच

  • २९ जेष्ठ २०८१, मंगलवार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ दशमलव १५ अङ्कले बढेको छ ।

नेप्से परिसूचक आज १ दशमलव ५९ प्रतिशतले बढेर २११५ दशमलव २४ बिन्दुमा पुगेर रोकिएको हो । यसअघि लगातार तेस्रो दिन घटेपछि हिजो परिसूचक ८ दशमलव ९० अङ्कले बढेको थियो । त्यसअघि यो साताको आइतबार र गत साताको बुधबार र बिहीबार नेप्से परिसूचक घटेको थियो । विगत लामो समयदेखि बढ्ने कोसिस गरे पनि अन्तिम समयमा ‘सेल प्रेसर’ आउँदा परिसूचक बढ्न सकेको थिएन ।

मंङ्गलवार भने २०३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै २ वटा कम्पनीको मूल्य भने स्थिर कायम छन् । परिसूचक उत्साहजनक रुपमा बढ्दा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको १ करोड १२ लाख कित्ता सेयर किनबेच भएको छ । आज वरुण हाइड्रोपावर, ग्रिन भेञ्चर, कुथली बुखारी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक अप्पर हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

अपरको शेयर १६२ मा सिमित

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर १६२ रुपैंयामा झरेको छ । दोलखाको विगुमा राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको आयोजनाको शेयर मूल्य घटेर १ सय ६२ रुपैंयामा झरेको हो ।

पछिल्लो समय बजार मूल्य घट्दै गएकोमा अझ घट्दै गएको हो । यद्धपी केही दिनअघि भन्दा आज २ रुपैंयाले बढेको छ । केही महिना अघिसम्म २ सयको हाराहारीमा पुगेकोमा अहिले झनै घट्दै गएको हो । ४ सय ५६ मेगावाट क्षमताको आयोजना दोलखालीको आसाको आयोजना हो । तर, पछिल्लो पटक बजारमूल्यले गर्दा शेयर लगानीकर्ताहरुमा निरासा छाएको छ ।