काठमाडौं । गर्मी लागेसँगै बागमती प्रदेशमा डेंगुका बिरामी बढ्दै गएका छन् ।
हालसम्म ७१ जिल्लामा डेंगु फैलिएकोमा सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा भेटिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विवरण अनुसार हालसम्म बागमती प्रदेशमा ३९० जनामा डेंगु देखिएको छ । त्यसमा पनि सबैभन्दा बढी संक्रमित काठमाडौंमा देखिएको छ । काठमाडौंमा ११४ जना संँक्रमित फेला परेका छन् ।
ईडीसीडीको विवरणअनुसार हालसम्म काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन्।










