images
images

दोलखामा मृत फेला परेका युवकको हत्या भएको पुष्टि, दुई जना पक्राउ

  • २९ जेष्ठ २०८१, मंगलवार १८:५७

दोलखा । दोलखाको चरंगे खोलामा मृत फेला परेका युवकको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

मृत फेला परेका भीमेश्वर नगरपालिका – ५ माटीका राजु बस्नेतको हत्या आरोपमा दोलखा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको हो । हत्यामा संलग्न भएको आरोपमा सोही स्थानका ३१ वर्षीय रामकृष्ण बस्नेत र २२ वर्षीय उज्वल लामिछानेलाई पक्राउ गरिएको दोलखाका प्रहरी निरिक्षक, ईन्स्पेक्टर जीवन श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परका दुवै जनाले अनुसन्धानका क्रममा पुरानो रिसिबीका कारण राजुको हत्या गरेको स्वीकार गरेको उहाँले बताउनुभयो । ईन्स्पेक्टर श्रेष्ठका अनुसार सँगै पौडी खेल्न गएका रामकृष्ण र उज्वलले राजुलाई पानीमा डुबाएर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पक्राउ परेका दुवै जनालाई कर्तव्य ज्यान सम्बन्धी मुद्धामा आज दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको दोलखा प्रहरीले जनाएको छ । माटिका अन्दाजी ३४ वर्षीय राजु बस्नेत हिजो भीमेश्वर नगरपालिका ५ कै चरंगे खोलास्थित खड्कुले दह किनारमा मृत फेला परेका थिए । मृतक बस्नेत अरनिको यातायातका पूर्व कर्मचारी हुन् । उनको एक छोरा र श्रीमती छिन् ।