images
images

तामाकोशी गाउँपालिकाले तीन वर्षमा पायो १७ करोड विद्युत रोयल्टी

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाले तीन आर्थिक वर्षमा बिद्युत रोयल्टि वापत १७ करोड भन्दा बढी रकम प्राप्त गरेकोे छ ।

अर्थ मन्त्रालयले तामाकोशी गाउँपालिकालाई तिन आर्थिक वर्षमा बिद्युत रोयल्टि वापत १७ करोड ९४ लाख ९६ हजार ३८ रुपैयाँ दिएको हो । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०७६/७७, गत आर्थिक वर्ष २०७७/७८ र चालु आर्थिक वर्ष २०७८/०७९ मा खिम्ति १ जलबिद्युत आयोजनावाट बिद्युत रोयल्टि वापत १७ करोड बढी रकम पाएको हो । जसअनुसार गाउँपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ३ लाख ९६ हजार १ सय ९७ रुपैयाँ र अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ८ करोड ८८ लाख ७ हजार ४ सय ४१ रुपैयाँ रोयल्टी पाएको छ । यस्तै चालु आर्थिक वर्ष ४ करोड २६ लाख विद्युत रोयल्टी प्राप्त भएकोे तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोरखनाथ मिश्रले जानकारी दिनुभयो ।

दोलखाका ९ स्थानीय तह मध्ये तामाकोशी गाउँपालिका बिद्युत रोयल्टि पाउने पहिलो गाउँपालिका हो । तामाकोशी गाउँपालिकाको सहरेमा ६० मेगावाट क्षमताको खिम्ति –१ जलबिद्युत आयोजना भएका कारण गाउँपालिकाले बर्षेनी करोडौं बिद्युत रोयल्टि पाउने गरेको छ । गाउँपालिकाभित्र जलबिद्युत आयोजना सञ्चालन गर्दा हुने क्षतिलाई मुल्याकंन गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदनको आधारमा अर्थ मन्त्रालयले गाउँपालिकालाई वर्षेनी रोयल्टी पठाउने गरेको छ । मन्त्रालयले गाउँपालिकालाई ५ प्रतिशत रोयल्टी पठाउने गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिश्रले जानकारी दिनुभयो । सो रकम वन वातावरण, भुसंरक्षण, पर्यटन, विकास निर्माण लगायतमा खर्च हुने गरेको गाउँपालिकाले जनाएको छ ।