images
images

सोलुखुम्बुमा श्रीमतीले गरिन् आफ्नै श्रीमानको हत्या

  • २७ असार २०७९, सोमबार ११:०१

सोलुखुम्बु । सोलुखुम्बुमा एक पुरुषको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर ५ का ५९ वर्षिय सुब्बा कामीको धारिलो हतियार प्रहारबाट हत्या भएको हो । घरायसी विवाद हुदाँ आफ्नै श्रीमतीले उनीमाथि धारिलो हतियार प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मृतक कामीको टाउको खुट्टामा गम्भीर चोट देखिएको छ । हत्या आरोपमा प्रहरीले उनकी श्रीमती ५५ वर्षिया बुधामाया कामीलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।