images
images

चरिकोटको एपेक्स स्कुलका विद्यार्थीको मुटुको अवस्था परीक्षण

  • २७ असार २०७९, सोमबार १८:४७

दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित एपेक्स मन्टेश्वरी प्राईमरी स्कुलका विद्यार्थीको मुटुको अवस्थाको परीक्षण गरिएको छ ।

धुलिखेलबाट सञ्चालित दोलखा अस्पतालको सहयोगमा सामुदायिक स्वास्थ्य कार्यक्रममार्फत् एपेक्स स्कुलले आज स्कुल परिसरमा विद्यार्थीको मुटु चेकजाँच क्याम्प सञ्चालन गरेको हो । आज १ सय २२ जना विद्यार्थी र ७ जनाको शिक्षकको मुटुको अवस्थाको परीक्षण गरिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नसिब कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि प्रत्येक महिनामा छुट्टाछुट्टै अंगको परीक्षण हुनेछ ।

बालबालिकाको शारिरीक समस्याले अध्ययनमा प्रभाव पार्ने भएकाले समयमै पहिचान गरेर उपचारमा सहयोग पु¥याउने उदेश्यले परीक्षण गरिएको बिद्यालयका प्रधानाध्यापक शक्ति उप्रेतिले बताउनुभयो । विद्यालयका विद्यार्थीमा भएको स्वास्थ्य समस्या बेलामै पहिचान गरेर उनीहरुलाई स्वस्थ बनाउनका लागि स्कुलमा स्वास्थ्य परीक्षणको काम गरिएको उहाँले बताउनुभयो । मुटुको अवस्था परीक्षणका लागि बालरोग विशेषज्ञ डा अनिश जोशी र डा पूर्णिमा शाक्य लगायतको टोली खटिएको थियो