images
images

विषालु सर्पले डस्दा दाजुभाई सहित ४ जनाको मृत्यु

  • २६ असार २०८०, मंगलवार १४:२०

कपिलवस्तु । कपिलवस्तुमा सर्पले डस्दा एकै परिवारका दुई दाजुभाई सहित चार जनाको मृत्यु भएको छ ।
बुद्धभूमि नगरपालिका–१ कपासिका दाजुभाई ९ वर्षिय प्रदीप भुसाल र १२ वर्षिय दिपक भुसालको सर्पले डसेर मृत्यु भएको हो । विषालु सर्पले डसेर गम्भिर विरामी परेका उनीहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, सर्पले डसेर महाराजगञ्ज नगरपालिकाकी ३१ वर्षिया अनिता यादव र बुद्धभूमि नगरपालिका–१० की १४ वर्षिया ममता चमारको पनि मृत्यु भएको छ ।