images
images

सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • २६ श्रावण २०७९, बिहीबार १५:१२

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको फिक्कल गाउँपालिका वडा नम्बर ५ ढकरेबेसिमा करेन्ट लागेर काभ्रेको भकुन्डेबेसिका अशोक खनालको मृत्यु भएको हो । इन्टरनेटको पोलमा काम गर्दैगर्दा पोल लडेर प्राधिकरणको तारमा छुँदा करेन्ट लागेर खनालको मृत्यु भएको विद्युत प्राधिकरण खुर्काेट वितरण केन्द्रका इन्चार्ज विमल यादवले जानकारी दिनुभयो । एरोनेट इन्टरनेट प्रदायकका कर्मचारी खनालले इन्टरनेटकै पोलमा काम गर्दै आएका थिए ।