काठमाडौँ। सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै सरकारले ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । आगामी निर्वाचनमा परिचालन गर्ने गरी ४० दिनको लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो ।










