काठमाडौं । नेपालमा आज एकैदिन ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै संक्रमितको मृत्यु भएको यो पहिलो पटक हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ८सय १५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३४ जनाको नमुना परीक्षण गर्दा पिसिआर परीक्षणबाट ४ सय ६५ र एन्टिजेन परीक्षणबाट ३ सय ५० जनामा कोरोना देखिएको छ । योसँगै नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ८ सय ६९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय ७६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।










