images
images

माथिल्लो तामाकोशीको बाँधमा डुबेर बेपत्ता युवकको खोजीका लागी गोताखोर टोली लामाबगर पुग्यो

  • २६ श्रावण २०७९, बिहीबार १७:२४

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइडमा बेपत्ता भएका युवकको खोजीका लागि गोताखोरको टोली लामावगर पुगेको छ ।

दोलखाको विगु गाउँपालिकास्थित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ड्याम साइडमा बोटिङ गर्ने क्रममा ४ दिनदेखि बेपत्ता रामेछापका रमेश बस्नेतको खोजीका लागि काठमाडौंबाट आएको सशस्त्र प्रहरी गोताखोरको टोली लामावगर पुगेको हो । यही साउन २३ गते साँझ तामाकोशी आयोजनाको ड्याम साइडबाट लामावगरमा निर्माणाधिन नासा हाइड्रोमा जाने क्रममा बस्नेत बेपत्ता भएका थिए । बेपत्ता उनको खोजीका लागि सशस्त्र प्रहरीको हेडक्वार्टर काठमाडौंबाट ४ जना गोताखोरको टोली आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले १ घण्टादेखि ड्याम साइडमा बस्नेतको खोजीकार्य जारी राखेको छ । बस्नेत नासा हाइड्रोपावरका कर्मचारी हुन् ।