images
images

आज तामाकोशी नदीमा पानीको सतह दिनभर घट्बढ हुने

जिरी(दोलखा) । आज तामाकोशी नदीमा पानीको सतह दिनभर घट्बढ हुने भएको छ ।

दोलखाको विगु गाउँपालिका–१ लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रको जलाशयको सरसफाई भइरहेकोले राती १० बजेसम्म पानीको सतह दिनभर घट्बढ हुने भएको हो ।

सफाइ अवधीमा विहान ५ बजेदेखि राती १० बजेसम्म तामाकोशी बाँधको तल्लो तटीय क्षेत्रमा पानीको सतह घटबढ भइरहने भएकाले सर्तकर्ता अपनाउन जलविधुत केन्द्रले आग्रह गरेको छ । आज लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सिन्धुलीको खुर्काेट, सुनकोशी नदिको दोभानसम्म पानीको सतह बढ्नेछ ।

केन्द्रले सरसफाई अवधिभर आज तामाकोशी नदिमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने, गाडी तार्ने जस्ता कार्यहरू नगर्न/नगराउन आग्रह गरेको छ ।

साथै, नदी किनारमा परम्परा अनुसार मृतकहरूको दाहसंस्कार वा धार्मिक संस्कार गर्नुपर्दा सतर्कतापूर्वक सावधानीका साथ गर्न/गराउन समेत आग्रह गरिएको छ ।