images
images

रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर बिद्युत कम्पनीका कर्मचारीको मृत्यु, तीन घाईते

  • २७ श्रावण २०८१, आईतवार १३:२९

काठमाण्डौँ । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको छ ।

करेन्ट लागेर थुलुङ दूधकोशी गाउँपालिका ९ लोखिमका सल्लेरी च्याल्सा विद्युत कम्पनीमा कार्यरत वरिष्ठ प्राविधिक ४३ वर्षिय विष्णु राईको मृत्यु भएको हो । विद्युत तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा करेन्ट लागेर घाईते भएका राईको उपचारका क्रममा मृत्यु भएको हो ।

६ सय ३० किलोवाट क्षमताको सो विद्युत कम्पनीले हाईटेन्सन लाईनको तार आसपासको रुखबिरुवा काँटछाँट गर्ने क्रममा एक्कासि विद्युत प्रवाह हुँदा अन्य तीन जना घाईते भएका छन् । करेन्ट लागेर बिद्युत कम्पनीका प्राबिधिक सहयोगी पदमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका ६ का ३० वर्षिय बुद्धि राजभण्डारी, कम्पनीमा ज्यालादारीका रुपमा कार्यरत सोही स्थानका ३४ बर्षिया टसी शेर्पा र ५१ बर्षिय कुमार बस्नेतको जिल्ला अस्पताल फाप्लुमा उपचार भैरहेको छ ।