images
images

माओवादी उपमहासचिव शर्माःप्रचण्डलाई संरक्षक बन्न र नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्न सुझाव

  • २७ श्रावण २०८१, आईतवार १३:३७

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्न माग गर्नुभएको छ ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा उपमहासचिव शर्माले अध्यक्ष प्रचण्डलाई संरक्षक बन्न र पार्टीको नेतृत्व तेस्रो तहमा हस्तान्तरण गर्न सुझाव दिनुभएको हो । नयाँ नेतृत्वबारे तीन वटा प्रस्ताव अघि सारेका शर्माले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने प्रस्ताव गर्नुभएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा शर्माले १४ पृष्ठ लामो लिखित सुझाव पेश गर्दै अहिलेका पदाधिकारीलाई सल्लाहकार बनाउनुपर्ने प्रस्ताव राख्नुभएको छ ।

शर्माको प्रस्तावमा अध्यक्ष प्रचण्डलाई संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्न तथा हालका पदाधिकारीहरुलाई सल्लाहकारको भूमीकामा रही तेस्रो तहका युवालाई कार्यकारी सांगठानिक नेतृत्व हस्तान्तरण गर्न भनिएको छ । पार्टी बनाउन पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यता अनुरुप नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको भनाई छ ।