images
images

सरकारले काभा महिला भलिबल प्रतियोगिताका खेलाडीहरुलाई जनही २ लाख दिने

  • २७ श्रावण २०८१, आईतवार १५:५३

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितामा सहभागी भएका नेपाली खेलाडीहरुले जनही २ लाख रुपैया पुरस्कार पाउने भएका छन् ।

सरकारले भलिबल खेलाडीहरुलाई जनही २ लाख रुपैयाँ बराबरको पुरस्कार दिने भएको हो । राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा द्धितिया भएका खेलाडीहरुलाई पुरस्कारका लागि सिफारिस गरेको छ । परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८१ साल साउन २५ गते बसको बैठकले राष्ट्रिय महिला भलिबल टिमलाई पुरस्कार लागि सिफारिस गरेको थियो । राष्ट्रिय खेलकुद विकास नियमवाली अनुसार प्रतियोगिमा सहभागी २४ जना खेलाडीले जनही तीन लाख रुपैया पाउने परिषद्का प्रचार प्रसार शाखा प्रमुख खुसराज दाहालले जनाकारी दिनुभयो ।

यस्तै प्रशिक्षकले दुई लाख र सहायक प्रशिक्षक, व्यवस्थापक र फीजियोले जनही एक लाख बीस हजारका दरले नगद पुरस्कार पाउनेछन् । साउन १७ गतेदेखि ३२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपाल, श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो । सेमिफाइनलमा इरानलाई पराजित गरी फाइनल पुगेको नेपाली टिम भारतसँग पराजित हुदै उपविजेत बनेको थियो ।