images
images

आजदेखि सोह्रश्राद्ध सुरु

  • २६ भाद्र २०७९, आईतवार ०६:१६

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।

आस्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिधादान र पिण्डदान गरिने भएकाले यो पक्षलाई पितृ पक्ष एवम् सोह्रश्राद्ध समेत भन्ने गरिएको हो । प्रतिपदा तिथी श्राद्धको पिण्डदान २ बजेर १९ मिनेटरसम्म गरिसक्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितीका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा देवमणि भट्राईले जानकारी दिनुभयो ।

चाडपर्व यज्ञयागादि तथा ठुला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तीका साथ सम्झिने भएकाले वैदिक सनातन हिन्दु शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट पनि मुक्ती भइन्छ भन्ने धार्मिक विश्वास छ ।