काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाउने व्यवस्था गरेको छ ।
यो दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने व्यवस्था मिलाइएको हो । यसपालि नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराज पोखेरले जानकारी दिनुभयो । राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरुबाट समेत नोट साट्न पाइने छ । सुकिला नोट साट्न चाहानेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट साट्दै आएको थियो ।
यस वर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भएपनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता पोखेरलले बताउनुभयो ।