images
images

हिंसा शब्दलाई लिएर संसदमा पर्याे दोहोरी, माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

  • २६ भाद्र २०८१, बुधबार १५:००

काठमाडौं । माओवादी केन्द्रका नेताहरुले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा सांसदहरुबीच दोहोरी चलिरहँदा बैठक चार दिनको लागि सरेको हो । आज हिंसा शब्दका विषयमा सांसदहरुबीच दोहोरी चलेको थियो । भदौ १२ गते संसद बैठकमा एमाले सांसद योगेश कुमार भट्टराईले बोलेको हिंसा शब्दलाई रेकर्डबाट हटाउन नसकिने भनी सभामुख देवराज घिमिरेले बताएपछि माओवादी सांसदले आपत्ति जनाएका थिए । त्यसपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले विरोध जनाउँदै असहमति जनाएका थिए । सो लगत्तै एमाले सांसद रघुजी पन्तले सभामुखले रुलिङ गरेपछि प्रतिवाद गर्न नमिल्ने बताएका थिए ।

संसदमै सो विषयमा एमाले र माओवादी सांसदबीच आरोप प्रत्यारोपको लामो बहस चलेपछि बैठक स्थगित भएको हो ।