images
images

दोलखामा बेहोश अवस्थामा फेला परेका मजदुरको उपचारका क्रममा मृत्यु

  • २६ भाद्र २०८१, बुधबार १६:४५

दोलखा । दोलखाको विगु गाउँपालिकामा जलविद्युत आयोजनामा कार्यरत एक पुरुषको मृत्यु भएको छ ।

विगु गाउँपालिका–१ लामाबगरस्थित रोल्वालिङ खोला जलविद्युत आयोजनाको जेनेरेटर अपरेटरमा काम गर्ने पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीको तिलोतमा नगरपालिका–११ का अन्दाजी ६० वर्षीय चन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सत्रुधन कुमार महतोले जानकारी दिनुभयो ।

उहाँका अनुसार थापा आज दिउँसो आफू सुत्ने कोठामा अचानक बेहोस अवस्थामा फेला परेका थिए । स्थानीयको सूचना अनुसार प्रहरी टोली खटेर उनलाई सिंगटी अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याउनसाथ चिकित्सकले उनलाई मृत्त घोषणा गरेका थिए ।

मृत्तक थापाको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल ल्याइँदैछ ।