images
images

बागमती प्रदेशको २५ स्थानमा अस्थायी मतदान केन्द्र

  • २५ कार्तिक २०७९, शुक्रबार ०७:४५

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचनमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान केन्द्र तोकेको छ ।

आयोगले विज्ञप्ति जारी गर्दैै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकमा मतदान गर्ने अस्थायी मतदाताका लागि मतदान कन्द्र कायम गरेको हो । आयोगका अनुसार अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ती, निर्वाचन कसुरमा सजाय पाएका बाहेक अन्य कैदीबन्दी लगायतका लागि अस्थायी मतदान केन्द्र कायम गरेको हो । आयोगले ७७ जिल्लामा १ सय ४१ वटा अथायी मतदान केन्द्र स्वीकृत गरेको छ । बागमती प्रदेशको १३ जिल्लाको २५ स्थानमा अस्थायी मतदान केन्द्र तोकिएको छ । जसअनुसार दोलखाको कारागार कार्यालय चरिकोट र कोष तथा लेखा नियन्त्रक कार्यलय चरिकोटमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यस्तै रामेछापको सघन सहरी तथा संघीय भवन निर्माण आयोजनाको भवन, नयाँ गोरख गण रामेछाप नेपाली सेनाको ब्यारेक र कारागार कार्यालय रामेछापमा तोकिएको छ भने सिन्धुलीको जिल्ला हुलाक कार्यालय, कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ । सिन्धुपाल्चोकको बन्दी गृह परिसर चौतारा र काभ्रेपलाञ्चोकको कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यस्तै, ओखलढुंगा र सोलुखुम्बुमा कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।