images
images

दोलखामा एमालेको लाल किल्ला तोडिने छः उम्मेदवार अधिकारी

  • २५ कार्तिक २०७९, शुक्रबार १५:५०

दोलखा । नेपाली कांग्रेसबाट समानुपातिकतर्फ उम्मेदवार बनेकी नेतृ बिनिता अधिकारीले आसन्न निर्वाचनमा दोलखामा नेकपा एमालेको लाल किल्ला तोडिने बताउनुभएको छ ।

हाम्रो रेडियोको चुनाव बिशेष कुराकानीमा बोल्दै नेतृ अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लामो समय जिल्लामा शासन गरिरहेको एमालेको लाल किल्ला तोडिने बताउनुभयो । एमालेले दोलखामा लामो समय शासन गरे पनि केही काम नगरेको भन्दै नेतृ अधिकारीले एक पटक मत दिएर गठबन्धनका उम्मेदवारलाई परीक्षण गर्न दोलखा जिल्लाबासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेले धेरै शासन गरेर बादशाह बन्न खोजेकाले वाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आवस्यक रहेको उहाँको भनाई छ ।

एमालेले दोलखामा लामो समय शासन गरे पनि केही काम नगरेको भन्दै नेतृ अधिकारीले एक पटक मत दिएर गठबन्धनका उम्मेदवारलाई परीक्षण गर्न दोलखा जिल्लाबासीलाई आग्रह गर्नुभयो । नेकपा एमालेले धेरै शासन गरेर बादशाह बन्न खोजेकाले वाम लोकतान्त्रिक गठबन्धनलाई बिजयी गराउन आवस्यक रहेको उहाँको भनाई छ ।

सत्तामा गएपनि सिन्को नभाँच्ने नेतालाई किन भोट दिएर विजयी गराउने भनेर दोलखावासीले प्रश्न गरेको नेतृ अधिकारीले बताउनुभयो । नेपाली कांग्रेस र माओवादीको यसअघिका कामको मुल्यांकन गर्दै वाम लोकतान्त्रिक गठबन्धनलाई मत दिनुपर्छ भन्ने जनमत रहेको उहाँको दावी छ । नेतृ अधिकारीले जनताले पाँच वर्ष अगाडी केपी ओलीको सरकारलाई दुई तिहाई मत दिए पनि जनताको अभिमतको अबमुल्यन गर्दै मध्यराती संसद विघटन गरेको भन्दै वाम लोकतान्त्रिक गठबन्धनले त्यसलाई जोगाएर जनताको हक अधिकार सुरक्षित गरेको धारणा राख्नुभयो ।

वाम लोकतान्त्रिक गठबन्धनले दोलखामा स्वच्छ छवी भएका प्रतिनिधिसभा तर्फका उम्मेदवार गंगा कार्की (विश्व), प्रदेशसभातर्फ प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार कुन्दनराज काफ्ले र प्रदेशसभा २ का उम्मेदवार बर्मा लामालाई चुनावी मैदानमा उतारेकाले जित सुनिश्चित रहेको उहाँको भनाई छ । नेतृ काफ्लेले गठबन्धनले समुन्नत दोलखा, समृद्ध दोलखालीको अवधारणा सहित पञ्च वर्षिय योजनालाई अघि सारेको बताउनुभयो ।

नेपाली कांग्रेसको भातृ संगठन नेविसंघवाट राजनीति सुरु गरेकी अधिकारी दोलखावाट पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै अहिले समानुपातिक उम्मेदवार बनेकी हुन् ।