
दोलखा । नेकपा एकीकृत समाजवादी दोलखाले नेपालीहरुको महान चाडको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमको आयोजना गरेको छ ।
एकीकृत समाजवादी दोलखाले सदरमुकाम चरिकोटस्थित पार्टी कार्यालयमा आज चियापान कार्यक्रमको आयोजना गरेको हो । तिहार, नेपाल सम्वत् र छट पर्वको अवसरमा आयोजित चियापान कार्यक्रममा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, राष्ट्रसेवक कर्मचारी, पत्रकार, उद्योगी, व्यवसायी, पेशाकर्मी लगायतको सहभागिता थियो । नेकपा एकीकृत समाजवादीका पोलिट् व्यूरो सदस्य शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै बागमती प्रदेश सभाका साँसद भरतवहादुर केसी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका अध्यक्ष नरवहादुर श्रेष्ठ, नेकपा एस दोलखाका अध्यक्ष भिमप्रसाद दाहाल लगायतले जिल्लाको विकास निर्माण र साझा मुद्धाहरुमा राजनीतिक दलहरु एक ठाउँमा उभिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशसभाका साँसद ठूला थामी, भीमेश्वर नगरपालिकाका नगर प्रमुख इस्वर नारायण मानन्धर, सहायक प्रमुख जिल्ला अधिकारी औलखवहादुर आले लगायतको उपस्थिती थियो ।