images
images

सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्षः डब्लुएमओ

  • २६ कार्तिक २०८१, सोमबार १७:३५

काठमाडौं । सन् २०२४ विश्वकै सबैभन्दा गर्मी वर्ष हुने क्रममा रहेको संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले जनाएकोे छ ।

डब्ल्यूएमओले जनवरी र सेप्टेम्बर बीचको विश्वव्यापी औसत तापक्रम १९ औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १ दशमलव ५४ डिग्री सेल्सियस बढी रहेको जनाउँदै यस्तो निष्कर्ष निकालेको हो । मौसम विज्ञान संगठनले अन्य चिन्ताजनक निष्कर्षहरु पनि सार्वजनिक गरेको छ ।

बढ्दो तापक्रमले महासागरहरु छिटो तातिरहेका छन् भने हिमनदीहरु पग्लने क्रम पनि बढ्दो अवस्थामा छ । सन् २०२३ मा विश्वका हिमनदीहरुबाट टुक्रिएका बरफको मात्रा सन् १९५३ मा मापन सुरु भएयताकै उच्च थियो ।