images
images

प्रतिनिधिसभा र प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने यी हुन् ८ सांसद

  • २५ मंसिर २०७९, आईतवार १३:१४

जिरी (दोलखा) । दोलखाबाट प्रत्यक्ष र समानुपातिकतर्फगरी ८ जना सांसद बन्ने भएका छन् ।

जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा २ जना गरी ३ जना सांसद बनिसकेका छन् भने ५ जना समानुपातिक सांसद बन्न लागेका हुन् । विभिन्न राजनीतिक दलले दोलखाका ५ जना नेताहरुलाई पनि समेट्दै हिजो समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा नामावली बुझाइसकेका छन् । जसअनुसार नेकपा एमालेले ३ जनालाई समानुपातिक सांसदका लागि सिफारिस गरेको छ भने नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) तर्फबाट एक/एक जनाको नाम सिफारिस भएको छ । नेकपा एमालेले दोलखाबाट प्रतिनिधिसभातर्फ समानुपातिक सांसदका लागि पोलिटव्युरो सदस्य इश्वरबहादुर रिजालको नाम सिफारिस गरेको छ ।

एमालेले यसअघिनै बन्दसुचिमा राखेको रिजाललाई दलित पुरुष कोटाबाट समानुपातिक सांसदको लागि सिफारिस गरेको हो । उनी पार्टीका पोलिटव्युरो सदस्यका साथै स्कुल विभाग उपप्रमुख समेत हुन् । एमालेले दोलखाबाट प्रदेशसभामा समानुपातिकतर्फ दुई जनालाई सांसद बनाउँदैछ । एमाले बागमती प्रदेश कमिटी सदस्य ठूला थामी र नेकपा एमाले उपत्यका विशेष कमिटीका उप–सचिव तथा राष्ट्रिय युवा संघका पूर्व केन्द्रिय उपाध्यक्ष उर्मिला सुनुवार समानुपातिक सांसदका लागि सिफारिस भएका छन् । थामी आदिवासी जनजाति पुरुषतर्फ अल्पसंख्यक कोटाबाट सिफारिसमा पर्दा जिरी नगरपालिका घर भएकी सुनुवार आदिवासी जनजाति महिलातर्फबाट समानुपातिक सांसद बन्ने पक्का भएको छ । प्रत्यक्षतर्फ भने एमालेबाट प्रदेशसभामा दोलखा क्षेत्र नम्बर २ बाट भरत केसी निर्वाचित भइसकेका छन् ।

जिल्लाबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक जना र प्रदेशसभामा २ जना गरी ३ जना सांसद बनिसकेका छन् भने ५ जना समानुपातिक सांसद बन्न लागेका हुन् । विभिन्न राजनीतिक दलले दोलखाका ५ जना नेताहरुलाई पनि समेट्दै हिजो समानुपातिक सांसदका लागि निर्वाचन आयोगमा नामावली बुझाइसकेका छन् । यो सँगै दोलखाबाट ५ वर्षका लागि संसदमा प्रतिनिधित्व गर्ने ८ सांसद हुनेछन् । यो पटक राप्रपाको तर्फबाट पनि दोलखाले एक जना सांसद पाउने भएको छ । 

यसैगरी माओवादी केन्द्रको तर्फबाट समानुपातिकमा प्रदेशसभामा मात्रै एक जना समानुपातिक सांसद बन्ने भएका छन् । कालिञ्चोक ६ की सहिद परिवारका डोल्मा थामीको नाम सिफारिसमा परेको छ । माओवादीबाट प्रत्यक्षतर्फ संघीय सांसदका रुपमा पार्टीका पोलिटव्युरो सदस्य गंगा कार्की निर्वाचित भइसकेका छन् भने प्रदेशमा समानुपातिकबाट सहिद रत्न बहादुर थामीकी श्रीमती डोल्मा थामी सांसद बन्ने पक्का भएको हो । उनले कलिलै उमेरमा जनयुद्धका बेला श्रीमान रत्न बहादुरलाई गुमाएकी थिइन् । सो सँगै राजनीतिमा क्रियाशील रही संघर्षरत नेतृकी रुपमा रहेकी डोल्मालाई पार्टीले सहिद परिवार तथा अल्पसंख्यक आदिवासीको तर्फबाट सांसद बनाउन लागेको हो ।

यो पटक राप्रपाको तर्फबाट पनि दोलखाले एक जना सांसद पाउने भएको छ । राप्रपाले भीमेश्वर नगरपालिका ४ जिलुकी मोनिका श्रेष्ठलाई समानुपातिकबाट बागमती प्रदेशसभा सदस्यका लागि सिफारिस गरेको छ । उनी राप्रपाका केन्द्रिय सदस्य हुन् । नेपाली कांग्रेसको तर्फबाट यसअघिनै दोलखा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य एवम् सांसदमा कुण्दनराज काफ्ले निर्वाचित भइसकेका छन् ।

यो सँगै दोलखाबाट ५ वर्षका लागि संसदमा प्रतिनिधित्व गर्ने ८ सांसद हुनेछन् । उनीहरु सबै जना नयाँ अनुहारका छन् । समानुपातिकमा कांग्रेस र नेकपा एकीकृत समाजवादीको तर्फबाट भने जिल्लाका कसैको पनि नाम छनौटमा परेको छैन ।